हेटौँडामा नेपाल बैंक लिमिटेडको एटीएम तोडफोड

काठमाडौं । हेटौँडामा नेपाल बैंक लिमिटेडको एटीएम तोडफोड भएको छ। हेटौँडाको सानोपोखरा शाखामा रहेको एटीएम गएराति तोडफोड भएको हो ।

एटीएमसँगै रहेको पुडासैनी हार्डवेयरमा पनि तोडफोड भएको पाइएको मकवानपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वामदेव गौतमले एटीएम र हार्डवेयरमा तोडफोड भएको जानकारी दिए।

उक्त घटनाको जानकारी पाउनासाथ प्रहरीले घटनास्थलको अनुगमन गरी अनुसन्धान सुरु गरेको बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *