गुण्डा नाइके समिरमान सिंह बस्नेत आजीवन जेलमा बस्नुपर्ने

काठमाडौं ।  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाइएको छ । बुधबार बस्नेत विरुद्धकाठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।

काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाकारको रुपमा चिनिएका समिरमान सिंह बस्नेतसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । हत्यामा गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद ,त्यस्तै समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

गत २०७४सालको असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनमाथि काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ मा पर्ने प्रयागचोकमा दिउँसो २ः५० बजे गोली प्रहार गरी हत्या गरेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २३ जनाविरुद्ध मुद्दा दायर गरेको अनुसन्धानकै क्रममा पछि समिरमानसिंह बस्नेतको श्रीमती माया शेरचनको समेत संलग्नता खुलेको भन्दै पूरक अभियोगमार्फत माया शेरचनविरुद्धसमेत मुद्दा दायर गरिएको थियो ।

यसअघि असार १२ गते न्यायाधीश घिमिरेको इजलासलाई २४ जना प्रतिवादीमध्ये ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर निर्धारणका लागि बुधबारको पेसी तोकेका थिए । असार १० गते पेसीमा चढेपछि उ मुद्दालाई न्यायाधीश घिमिरेले हेर्दाहेर्दैमा राखी लगातार तीन दिन सुनुवाइ गरेका थिए । असार १२ गतेको सुनुवाइपछि न्यायाधीश घिमिरेले ६ जनालाई सफाइ दिई अन्यको हकमा कसुर ठहर गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *