टिपरले आमाछोरीको ज्यान लिएपछि इटहरीमा तनाव

काठमाडौं । इटहरीमा टिपरले ठक्कर दिँदा स्कुटरमा सवार आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीया सरिता चौधरी र २० वर्षीया छोरी अंशु चौधरी रहेका छन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी आमा सरिताको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र छोरी अंशुको विराट मेडिकल कलेज विराटनगरमा मंगलबार मृत्यु भएको हो ।

घटनापछि आक्रोशित आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका थिए । ढुंगामुढा प्रहारबाट इलाका प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेसहित ९ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलका पनि सात जना घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३४ सेल अश्रुग्यास प्रहार गरेको थियो । आक्रोशित भीडले टिपरका चालकमाथि पनि हातपात गरेको थियो। टिपर चालक सर्लाहीको हरिवनका २६ वर्षीय बलबहादुर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *