सप्तरीको राजविराज क्षेत्रमा बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले सप्तरीको राजविराज र आसपासका क्षेत्रमा सतर्कता अपनाउ आग्रह गरेको छ ।

महाशाखाले एक सूचना जारी गर्दै उक्त क्षेत्रमा भारी वर्षा भएका कारण नदी छेउछाउका तथा डुबान भइरहने होचा स्थानका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको हो ।

सूचनामा भनिएको छ– पछिल्लो ३ घण्टा सप्तरीको राजविराज र आसपास भारी वर्षा मापन भएको हुदाँ सो क्षेत्र भई बहने ससाना नदीहरू तथा डुबान भइरहने होचो स्थानहरूमा बाढीको जोखिम रहेकाले आवश्‍यक सतर्कता अपनाऔँ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *