नक्कली शरनार्थी प्रकरण : थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता

काठमाडौं । नक्कली भुटानी शरनार्थी प्रकरणमा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका मध्ये ७ जनाले उच्च अदालतमा निवेदन दर्ता गरेका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद आङटावा शेर्पा र डा.इन्द्रजित राईसहित ७ जनाले दिएको निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

पूर्व सांसद आङटावा शेर्पा, नरेन्द्र केसी, गोविन्दबहादुर चौधरी, पूर्व सांसद डा.ईन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन र लक्ष्मी महर्जनले फौजदारी कार्यविधि संहिता २०७४ को दफा–७३ बमोजिम ‘बेरितको आदेश बदर गरिपाउँ’ भन्दै निवेदन दर्ता गरेका हुन् । असार १ मा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई थुनामा राख्ने आदेश काठमाडौँ जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेले दिएका थिए । उच्चमा पुनरावेदन गरेकी लक्ष्मी महर्जन ५ लाख धरौटीमा रिहा भइसकेकी छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *