सभामुख घिमिरेलाई अघि सारेर प्रचण्डसँग बदला लिन खोज्दै एमाले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका कारण प्रतिनिधिसभाको बैठक दुई दिनका लागि स्थगित भएको छ । राष्ट्रिय सभा बैठकसमेत बुधबार अवरुद्ध बन्यो । संघीय संसदका दुवै सदनमा प्रधानमन्त्रीको राजीनामा मागियो । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेमकिपाले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरिरहेका छन् । सत्तारुढ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समेत प्रचण्डको अभिव्यक्तिको विरोध गरेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस र गठबन्धनका अरू दलले आपत्ति जनाउनुपर्ने हो र यसमा उनलाई माफी मगाउनु पर्ने हो। तर, एमालेलाई मसला भएको छ । एमालेले सभामुख देवराज घिमिरेलाई प्रयोग गरेर सदनमा आफ्नो उपस्थिति र स्वर बलियो बनाएको छ । एमालेले विरोध गर्दैमा दुई दिनका लागि बैठक स्थगित गर्नुपर्ने कुनै कारण थिएन । बुधबार आधा घन्टाका लागि बैठक स्थगित गरेका घिमिरेले प्रमुद दलका प्रमुख सचेतकहरूको बैठक बोलाए । केहीबेर छलफल गरे । तर निकास निकाल्न सकेनन् । र, सूचना टाँस गरेर दुई दिनका लागि बैठक स्थगित गरिदिए ।

त्यसै पनि सभामुख घिमिरेको बैठक सञ्चालनमा धेरै कमीकमजोरी देखिँदै आएको छ । त्यसमा पनि एमालेको पक्ष र उसलाई फाइदा हुने गरी बैठक सञ्चालन गर्दै आएको कांग्रेस र माओवादीले आरोप लगाउँदै आएका छन् । बुधबार बैठक सुरु हुँदा एक्कासि एमालेका सांसदहरूले नाराबाजी गर्न थालेपछि सभामुख घिमिरे हतप्रभ देखिएका थिए । सभामुख यसरी हच्किनु राम्रो होइन । कसरी बैठक सञ्चालन गर्ने भन्ने कमजोरी उनमा देखियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *