राप्रपा केदार बहादुर अधिकारी केन्द्रीय सचिवालयको मुख्य सचिवमा मनोनयन
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदार बहादुर अधिकारीलाई केन्द्रीय सचिवालयको मुख्य सचिव पदमा मनोनयन गरेका छन् ।
पाटी अध्यक्ष लिङलेनले सोमबार अधिकारीलाई केन्द्रिय सचिवालयको मुख्य सचिवमा मनोनयन गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । अधिकारी नेपाल सरकारका पूर्व सचिव समेत हुन् ।
