नेपाली लुगा बनाइरहेको प्लस साइज नेपालको तेस्रो आउटलेट सुरु

काठमाडौँ । बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले २०७९ ०३ २५ गते सोमबार आफ्नो तेस्रो आउटलेट कुमारीपाटीमा सुरुवात गरेको छ । काठमाडौँको बसुन्धारा पछि प्लस साइज नेपालले कावासोतीमा दोस्रो आउटलेट खोलेको थियो ।

सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइन ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्ज देखि ६ एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ ।

विष्णु बोहोराले १०० जना भन्दा धेरैलाई रोजगारी दिएर नेपालभर आफ्नो ब्राण्ड फैलाइरहनु भएको छ । प्लस साइज नेपालले आफ्नै डेलिभरी सेवा गुडविल लजिस्टिक पनि सञ्चालन गर्दै आएको छ । देशका अति दुर्गम बाहेक सहरी क्षेत्रभरी होम डेलिभरी सेवा समेत दिँदै आएको छ ।

करिब ५ वर्षको समयकालमा प्लस साइज नेपाललाई ब्राण्ड बनाउन दिन रातको मिहिनेतले मात्र सम्भव रहेको उहाँले बताउनु भयो । म्यानपावर व्यवसायी समेत रहनुभएको विष्णु बोहोराले ‘‘तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टले मलेसियामा प्रतिबन्ध लगाएपछि फुरेको आइडियाले प्लस साइज नेपाल सुरु गरेको बताउनु भयो । आफ्नो अध्ययनको क्रममा केटि मान्छेलाई प्लस साइजको लुगाको हाइ डिमान्ड र लेस सप्लाई देखिएको कारण उक्त ब्राण्डको सुरुवात गरिएको बताउँनु भयो । साथै प्लस साइज भन्दैमा सबै लुगा प्लस साइजको हुँदैन एकै डिजाइनका ९ वटा साइजहरु बनाउँदै आएका छौँ‘‘ । , उहाँले भन्नुभयो ।
प्लस साइज नेपालले आफ्नो ब्राण्डको निर्यात समेत सुरुवात गरेको छ । धेरै नभए पनि केहि मात्रामा मलेसियामा लुगाहरु निर्यात गरिएको अध्यक्ष बोहोराले बताउनु भयो । कुनै मिडिया बाजी अथवा पोलिटिकल सर्पोट बिना व्यापार सञ्चालन गरिरहनु भएको अध्यक्ष बोहोराले टोयटाको फर्चुनर गाडी चलाउने हैसियत बनिसक्दा पनि स्कुटर लिएर आफै डेलिभरी गरेको दिनहरु स्मरण गराउनु भयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *