बालेनलाई सर्वोच्चले वारेस राख्न अनुमति दिएन, आफैँ अदालत धाउनुपर्ने
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना मुद्दा खेपिरहेका बालेनले वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिएका थिए ।
तर, न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले बालेनलाई वारेसको सुविधा नहुने भनेको छ । अब बालेनले आफैँ अदालतमा उपस्थित हुनुपर्ने छ । उच्च अदालत पाटनले दिएको आदेश नमान्ने बताएपछि उनीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा परेको थियो ।