सम्पर्कविहीन अवस्थामा मनाङ एयरको हेलिकप्टर

काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिए ।

उनका अनुसार ९ एनए–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु सवार छन् । अहिले सम्पर्कविहीन भएको हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *