इन्सपेक्टर राईले प्रहरी जवानलाई बाँधेर दिए यातना, रक्सी खाएको पुष्टि गरे मर्न तयार भन्दै रोए

काठमाडौं । सिराहामा नेपाल प्रहरीका इन्सपेक्टरले एक जवानलाई बाँधेर चरम यातना दिएको भिडियो बाहिरिएको छ ।
झापामा सादा पोसाक (घुमुवा) का इन्स्पेक्टरले हवलदार र जवानमाथि निर्घात कुटपिट गरेको घटना सेलाउन नपाउँदै भएको सिरहामा त्यस्तै घटना दोहोरिएको हो ।

इन्स्पेक्टर हेमन्त राईले जवान अनु रायलाई बाँधेर कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । जवानले रुँदै यस्तो यातना दिनुभन्दा मारिदिनुस् भनेको सुन्न सकिन्छ ।

‘यस्तो यातना दिनुभन्दा मलाई मारिदिनुहोस् सर । म अपराधी होइन । यस्तो किन गर्नुभएको सर ? कानमा हानेर यस्तो गर्नुभयो । तुरुन्त मारिदिनुहोस् सर । यस्तो यातना दिएर हुन्न । मैले कुनै लफडा गरेको छैन । सबै सेटिङ मिलाएको हो यो सर । यस्तो भन्न मिल्दैन सर,’ रायले भनेका छन् ।

उताबाट अर्को व्यक्तिको स्वर सुन्न सकिन्छ । रक्सी कहाँ खाइस ? राय भन्छन्– ‘काहीँ खाएको छैन । म रक्सी खाँदिन । रक्सी मेडिकल रिपोर्टले देखाइहाल्छ नि । चेक गर्नुहोस् । अहिले पनि कुट्नु हुन्छ भने म यहीँ मरिदिन्छु । मलाई यसरी लास बनाउनुभन्दा मारिदिनुहोस् ।’ जवान रायको कुरा सुन्दा इन्स्पेक्टरले कुनै काम रायलाई भनेको तर पूरा नभएकाले यातना दिएको देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *