ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालिन सहलेखापाल पौडेल पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहलेखापाल पौडेललाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।

कीर्ते तथा सङ्गठित रुपमा सरकारी जग्गा हिनामिना गरेको आरोपमा यसअघि पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्कीलगायत पक्राउ परिसकेका छन् ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो ।

सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *