सुर्यविनायक नगरपालिकामा जेष्ठ नागरीक समन्वय समिति गठन
भक्तपुर । जेष्ठ नागरीक समन्वय समितिमा मेयर संरक्षक उपमेयरको संयोजकत्वमा १९ सदस्यिय समिति गठन भएको छ । सुर्यविनायक नगरपालिकामा कार्यक्रममा सुर्यविनायक नगरपालिका अन्तर्गत १० वडाका संयोजकहरुको भेलाले जेष्ठ नागरीक समिति गठन गरीएको हो । समितिमा निम्नानुसार पदाधिकारीहरु रहने छन् ।
संरक्षक मेयर बासुदेव थापा संयोजक सरीता भट्टराई महिला बाल वालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख सचिव रञ्जना पोखरेल सदस्यहरुमा प्रशाशक प्रमुख श्रीधर केसी ,सामाजिक विकास समिति संयोजक ,रविन्द्र सापकोटा ,समाजिक विकास महाशाखा रत्न वहादुर कटुवाल ,स्वास्थ्य शाखा प्रमुख ,वसन्तप्रसाद चापागाई ,त्यसैगरि वडा न १ बाबुशरण कायष्ठ ,वडा न २ कमलनाथ आचार्य,वडा नं ३ विश्वनाथ ढुगेंल, वडा नं ४ राम गोपाल न्यौपाने, वडा नं ५ रत्न बहादुर थापा , वडा नं ६ कृष्णराज के. सी, वडा नं ७ शिव बहादुर कार्कि,वडा नं ८ शेर बहादुर थापामगर, वडा नं ९ भैरव बहादुर थापा, वडा नं १० राजकुमार कार्की रहेका छन् ।
संयोजक तथा उप मेयर सरीता भटराईले जेष्ठ नागरीकका लागि हर प्रयासले अगाडि वढनेछु । जेष्ठ नागरीकहरुको ज्ञान शिपलाई आदान प्रदान गरि उहाँहरुको मनोवल वढाउने उदेश्यले क्रमिक रुपमा जेष्ठ नागरीक मिलन चौतारीको निर्माण गर्दै लैजाने र ८० बर्ष पुरा गर्नु भएका जेष्ठ नागरीकहरुका लागि पनि क्रमिक रुपमा सम्मान गर्दै लेैजाने उदेश्यका लागि वजेट विनियोजन गरेको कुरा पनि बताउनु भयो । यस वर्ष जेष्ठ नागरीकहरुका लागि पाँच लाख बढाएर तेईस लाख बजेटको व्यवस्था गरीएको विषयमा प्रमुख प्रसाशकिय अधिकृत श्रीधर केसीले बताउनु भयो । जेष्ठ नागरीक मिलन चौतारी दुई वटा स्थानमा मात्र निर्माण गरीएकोले यस वर्ष सम्भव भएसम्म सबै वडामा चौतारी निर्माण गर्ने उदेश्य रहेको कुरा सामाजिक विकास समिति संयोजक रबिन्द्र सापकोटाले वताउनु भयो ।
कार्यक्रममा नगर अस्पतालले जेष्ठ नागरीकहरुका लागि सक्दो किसिमवाट सेवा प्रदान गर्नेछु । साथै उहाँहरुलाई पनि घर परीवारबाट हौसलामुखि सेवा गराउनु भएमा उहाँहरुको मनोवल अझ वढने कुरा डाक्टर सागरराम भण्डारीले वताउनु भयो । त्यसै गरि जेष्ठ नागरिकहरुका लागि छुट्याईको वजेट सम्बन्धि आवश्यक छलफलका लागि आगामि भदौको पहिलो हप्ता बस्नेछ भनी महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख कार्यक्रम सञ्चालक एवं सचिव रञ्जना पोखरेलले जानकारी दिनु भयो । साथै सोहि शाखामा कार्यरत सहायक कर्मचारी शर्मिला दाहालले पनि जेष्ठ नागरिक कार्यक्रममा सहयोगि भूमिका निर्बाह गर्नु भएको थियो ।