दोहोरो अंकले गिरावट सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

१२.६२ अंकले घटेको बजार २०८०.९२ विन्दुमा रोकिएको छ । यो शून्य दशमलव ६० प्रतिशतको गिरावट हो । बिहीबार सबैभन्दा धेरै फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । बिहीबार २९६ धितोपत्रको ५७ हजार ६४५ कारोबारबाट ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ पुगेको छ ।

एनएमए डिभेञ्चर, एसबीएल डिभेञ्चर, एनआईबीएल समृद्धि फण्डको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । पिपुल्स हाइड्रो, हिमालयन पावर, बुद्धभूमी हाइड्रो, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल टेलिकमसहितका धितोपत्रको आज धेरै कारोबार भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *