‘नाडा अटो शो’ भदौ २६ गतेदेखि सुरु
काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । नाडाले प्रदर्शनीका लागि बुकिङसमेत खोलेको छ । हरेक वर्षको दसैँ अगाडि आयोजना हुँदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा आयोजना भएको थिएन ।
२०२२ मा सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका हुन पूर्ण रूपमा भएको थिएन । गत वर्ष नाडाले ईभी एक्सपो २०२२ आयोजना गरेको थियो । आउँदो नाडा अटो शोमा चार पांग्रे, दुई पांगे्र सवारीसाधनका साथै स्पेयर पाट्र्स, टायरटयूब, ब्याट्री लगायतका स्टल रहनेछन् । प्रदर्शनीमा बैंक, बिमालगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्था समेतको सहभागिता रहने छ ।