मन्त्री बस्नेत : कर्मचारीले सरुवा पत्र बुझ्न नमानेपछि मैले कडा बोलें

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका छन् ।

त्यसपछि ती कर्मचारीले सरुवाको चिठी बुझेर सम्बन्धित अस्पतालमा काम गरिरहेको र अन्य कर्मचारीहरुले पनि सरुवाको चिठी नबुझेको भनेर सुन्न नपरेको मन्त्री बस्नेतको भनाइ छ । कतिपयले सरुवा गरिएको ठाउँमा जाँदैजान्नौं, मान्दैमान्दैनौं भनेपछि आफू आक्रामक रुपमा प्रस्तुत हुनुपरेको मन्त्री बस्नेतको भनाई छ ।

पटक पटक जनताको सेवाका लागि सरुवा गरिएको स्थानमा जान भन्दा एकजनाले नजाने, बरु मन्त्रालयमा झुण्डिएर मर्ने भनेपछि आफूले झुण्डिन पठाइदेऊ भनेको उनले बताए । मन्त्री बस्नेतले भने, ‘केही नलागेपछि अन्तिममा आएर झुण्डिएर मर्छु भन्दाखेरि पठाइदेऊ न त मकहाँ झुण्डिन मैले भनेकै हो ।’आजको राष्ट्रिय सभा बैठकमा मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।

त्यसपछि उनले तुरुन्तै चिठी बुझेको र सरुवा गरिएको अस्पतालमा गएर काम गरिरहेको मन्त्री बस्नेतले बताए । ‘यति नगर्या भए जाँदैजाँदैन थिए । अहिले सबै हिँडिराखेका छन् । फटाफट हिँडिराखेका छन् । त्यो बेलादेखि चिठी बुझेन है भन्ने देखिएको छैन,’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *