आजको सुनको मूल्य , तोलामा कति ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
यो साता सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सातामा १२ सय र चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेको छ ।
आइतबार छापावल सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँ मात्रै थियो । शुक्रबार छापावल सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला एक सय रुपैयाँको बृद्धि हो ।