पहिले उपराष्ट्रपति बस्ने भवनमा सर्दै काठमाडौंका मेयर बालेन

काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन अबदेखि सरकारी निवासमा सर्ने भएका छन् । उनी लैनचौरस्थित भारतीय दूतावास र बेलायती दूतावासको सामुन्ने रहेको महानगरको स्वामित्वमा रहेको भवनमा सर्न लागेका हुन् ।

काठमाडौं महानगरपालिकाको २ नम्बर वडामा पर्ने सो भवन यसअघि उपराष्ट्रपतिको निवासको रुपमा केही समय प्रयोग भएको थियो । त्यहाँ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका साथै तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा केही समय बसेका थिए ।
विगतमा पीएल सिंहलगायत मेयरहरुले निवासको रुपमा प्रयोग गरिएको भवनमा साह प्रवेश गर्न लागेका हुन् ।

बालेनले बिहीबार बिहान शुभ साइतमा पूजापाठ गरेको बताइन्छ । पूजापाठ गरेपनि घरभित्रको आन्तरिक सजावट र ममर्त बाँकी रहेकाले बालेन केही समयपछि मात्रै सरकारी निवासमा सर्नेछन् ।सुन्धारास्थित बागदरबारमा रहेको महानगरपालिका भवन पुनर्निर्माण गर्न लागिएको छ ।

महानगरले कार्यालयका लागि कमलादीमा रहेको नेपाल ट्रस्टको स्वामित्वको काठमाडौं प्लाजा पनि प्रयोग गर्ने भएको छ । त्यसका लागि उसले नेपाल ट्रस्टसँग सम्झौता गरिसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *