मिटरब्याजी नियन्त्रण गर्ने विधेयक अघि बढाउन गृहमन्त्रालयमा ३ बजे बैठक बस्दै
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी नियन्त्रण गर्ने विधेयक अघि बढाउनका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्ने बताएका छन् ।
सो विषयमा छलफलका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जसपालाई ३ बजे गृहमन्त्रालयमा उपस्थित हुन् निम्तो दिएको स्रोतले जनाएको छ । मिटरब्याजी नियन्त्रण गर्न ल्याइएको विधेयकमा राखिएका प्रावधान संशोधन गर्नुपर्ने र भूतप्रभावित कानुन बन्ने भएकोले सो विधेयक पारित गर्नबाट पछि हट्ने गृमन्त्रालयले जनाएको छ ।
यसअघि संसद बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ कार्यसूचीको रुपमा रहँदै आएकोमा शुक्रबारको बैठकमा कार्यसूचीबाट हटाइएको छ ।