ललिता निवास प्रकरणमा सकियो चार जनाको बयान

काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेकाहरुमध्ये ४ जनाको बयान सकिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसा बिहीबार सम्ममा ४ जनाको बयान सकिएको हो । ललिता निवास प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ सहित १७ जनालाई थुनामा राखेर प्रहरीले अनुसन्धान जारी राखेको छ । थुनामा रहेका मध्ये रमेश कुमार पोखरेल, घमान कुमार कार्की, बाबुराजा महर्जन र शिवजी भट्टराईको बयान सकिएको स्रोतले जनाएको छ ।

गत असार १८ गते पक्राउ परेका रमेश कुमार पोखरेल समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख हुन् भने घमान कुमारी कार्की नापी सर्वेक्षक हुन् । बालुवाटारको जग्गामा ‘नक्कली मोही’ लाई जम्मा गरेर जग्गा दाबी गर्ने कामको नेतृत्व बाबुराजा महर्जनले गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *