सप्तकोशीमा ट्रक खस्याे, तीन जनाको उद्धार

काठमाडौं । सप्तकोशीको पुलबाट नदीमा शुक्रबार ट्रक खसेको छ । सुनसरी र सप्तरीको सिमानामा रहेको कोसी ब्यारेजको पुलमा बससँग ठोक्किएर आज बिहान ट्रक नदीमा खसेको हो ।

नदीमा खसेको मे १ ख ३००७ नम्बरको ट्रक बेपत्ता भएको छ । ट्रकमा सवार तीन जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय सुनसरीका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *