प्रतिनिधि सभाको बैठक १५ मिनेटको स्थगित पछि फेरिसुरु

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटको स्थगित पछि पूर्णसुरु भएको छ ।

रास्वपा राप्रपाको सांसदहरुले नेपाल ऐनको विरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा पेश गरेपछि रास्वपा सांसदहरुले उठेर विरोध जनाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उक्त विधेयकको प्रस्ताव पेशको विषय सभामुखले निर्णयार्थ प्रस्तुत नगरेको भन्दै आपत्ति जनाएका थिए ।

तर सभामुख देवराज घिमिरेले आफूले प्रतिनिधिसभा नियमावली अनुसार नै बैठक चलाएको र रास्वपा सांसदहरुले नै समयमा आफ्नो असहमति राख्न नसकेको बताएका थिए ।

रास्वपा सांसदहरु सिटबाट उठेर वेल घेर्न आएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *