प्रेम सुवाल : आफ्नै उत्पादनमा निर्भर गारउने अर्थतन्त्र विकास गर्नुपर्छ

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नै उत्पादनमा निर्भर गराउने अर्थतन्त्रको विकास गराउनुपर्ने बताएका छन् ।

संसदमा बोल्दै सुवालले निर्यातलाई प्रवर्द्धन गर्ने अर्थशास्त्रीहरु उत्पादन गर्ने विश्वविद्यालयले उत्पादन गर्नुपर्ने बताए ।

‘निर्यातलाई प्रवर्द्धन गर्ने अर्थशास्त्री उत्पादन गर्न विश्वविद्यालय तयार गर्नुपर्छ । देशको सन्तुलित विकास गर्ने विश्वविद्यालय चाहिएको छ । राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्नुपर्छ’ सुवालले भने, ‘युवालाई स्वदेशमै रोजगारी दिने व्यवस्था मिलाउनुपर्छ । उत्पादनलाई श्रमसँग जोडेर शिक्षा दिने विश्वविद्यालय चाहिन्छ ।’

सर्टिफिकेटसँगै यो काम गर्न सक्छु भन्ने विद्यार्थी तयार गरेमा राज्यलाई राम्रो हुने सुवालले बताए । नेपालको अर्थतन्त्र वार्षिक ४ खर्ब घरखेत बेचेर विदेश गएकाले रोक्नुपर्ने सुवालले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *