मेसीलाई भित्र्याएपछि बेकहम भन्छन्- सपना पुरा भयो

काठमाडौँ । अमेरिकी क्लब इन्टर मियामीले लियोनेल मेसीलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ । इन्टर मियामीले आइतबार मेसीलाई आफ्ना फ्यानहरुसँग प्रस्तुत गर्ने भएको छ ।

मेसीलाई इन्टर मियामीले भित्र्ययेको औपचारिक घोषणापछि क्लबका सह-मालिक डेभिड बेकहमले आफ्नो सपना पुरा भएको बताएका छन् ।

बेकहमले भनेका छन्- ‘मैले १० बर्षअघि मियामीमा नयाँ टिम बनाउने यात्रा शुरु गरेको थिए । र यो सुन्दर शहरमा विश्वका ठुला खेलाडी ल्याउने सपना देखेको थिए । आज त्यो सपना पुरा भएको छ ।’

बेकहमले मेसीको आगमनले अमेरिकामा फुटबल थप लोकप्रिय हुने र आउदो पिढीलाई प्रेरित गर्ने बताएका छन् ।

मेसी यसै साता मियामी पुगेका थिए । पिएसजी छोडेर इन्टर मियामी जाने निर्णय गरेदेखि अमेरिकामा मेसीको चर्चा निकै बढेको छ । मियामीमा मेसी परिवारसहित सुपर मार्केटमा आफ्नो लागि सपिंग गरिरहेको समेत देखिएका थिए ।

मेसीलाई भित्र्याउन इन्टर मियामीलाई एडिडास र एप्पल जस्ता स्पोन्सरले सहयोग गरेका छन् ।

मेसीले इन्टर मियामीका लागि जुलाई २१ मा क्रुज अजुलविरुद्ध डेब्यु गर्ने सम्भावना रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *