राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सार्वजनिक


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा साउन महिनाको लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यसअघि असारमा बैंकले न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले साधारण बचत खातासँग मुद्दति निक्षेपमा पनि ब्याजदर घटाएको छ । बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ । यसअघि सोही ब्याजदर ७.९९ र ९.९९ प्रतिशत थियो । बैंकले रेमिट्यान्स बचत खातामा ९.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा अधिकतम ३.७५ प्रतिशत र न्यूनतम १.५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर कायम गरिने जनाएको छ । बैंकको आधार दर पनि घटेको छ । हाल ८.४४ प्रतिशत रहेकोमा साउनमा ८.२४ प्रतिशत कायम हुनेछ । हाल बैंकको ब्याजदर अन्तर ४.०५ प्रतिशत छ भने साउनमा ४.०३ प्रतिशत कायम हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *