परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । थाइल्यान्डको बैंककमा सोमबार बिमस्टेक बैठकपछि दुवै मन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो ।
भारतीय विदेशमन्त्री जयशंकरले मन्त्री साउदसँग भेटवार्ता राम्रो भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटमार्फत भेटवार्ता भएको जानकारी गराएका हुन् ।
जयशंकरले दुवै देशका सरकारले तय गरेको सहयोगको एजेन्डा कार्यान्वयन गर्न नजिकबाट काम गर्न सहमत भएको पनि उल्लेख गरेका छन् । यसअघि मन्त्री साउद र जयशंकरबीच नयाँ दिल्लीमा भेट भएको थियो ।
मन्त्री साउद आइतबार बैंकक पुगेका थिए । उनली मंगलबार फर्कने कार्यक्रम छ ।