हिमालय एयरलाइन्स र एनडीए–नेपाल अर्थोपेडिक अस्पतालबीच सहकार्य


काठमाडौं । हिमालय एयरलाइन्सले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वका गतिविधिहरू लागु गर्न एयरलाइन्सले एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई दुई टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेको छ । एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले मेडिकलका डाइरेक्टर डा.कैलाश कुमार भण्डारीलाई स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका हुन् । अस्पतालको सगरमाथा जनरल वार्डमा उक्त एयर कन्डिसनर जडान गरिएको छ । त्यहाँ बिरामीहरूले आवश्यक परेको बेला सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *