कांग्रेस महामन्त्री थापाले पेस गरे वार्षिक क्यालेन्डर, कार्यान्वयन भए पार्टी जीवनमा हुनेछ रक्तसञ्चार
काठमाडौं । बैठकमा महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा राजनीतिक क्यालेन्डर प्रस्तुत गरेका छन् । एक वर्षभरि पार्टी कार्यालयले के के कार्यक्रम गर्न लागेको छ, त्यसबारे विस्तृत रूपमा पेस गरेका छन् ।
महामन्त्री थापाले अहिले आफूले प्रस्तुत गरेको क्यालेन्डर कार्यान्वयन भएमा केन्द्रीय सदस्यहरूले एक महिना मात्र छुट्टी पाउने, बाँकी ११ महिना फिल्डमै खटिने उनको भनाइ छ । महामन्त्री थापाले केन्द्रको जस्तै प्रदेश, जिल्ला, स्थानीय तह र पालिकासम्मले आफ्नो वार्षिक क्यालेन्डर तयार पार्न सक्ने र त्यो कार्यान्वयन भएमा कांग्रेसको संगठनमा रक्तसञ्चार हुने उनले बताए ।
महामन्त्री थापाले कांग्रेस पार्टीका अग्रज नेता र कांग्रेसले गरेका पहिलेका महत्वपूर्ण घोषणा र निर्णयलाई टेकेर क्यालेन्डर तयार पारेका छन् । दिवंगत कांग्रेसका नेताको स्मृति दिवसमा पार्टीले पार्टी संगठनलाई क्रियाशील बनाउन सक्ने अपेक्षा गरिएको छ ।