माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा विष्ट
काठमाडौं । माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पराग विष्ट नियुक्त भएका छन्। क्यापिटलको संचालक समितिको बैठकले साउन १ देखि लागु हुने गरि विष्टलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि उपेन्द्र मालाकार क्यापिटलको सीइओ थिए ।
नव नियुक्त सीईओ विष्टले इण्डियन इन्स्टिच्युट अफ कलकताबाट एक्जीक्युटिभ प्रोग्राम इन बिजनेश म्यानेजमेन्ट तथा दिल्ली विश्वविद्यालयबाट एमकमको अध्ययन पुरा गरेका छन् । उनी विगत १९ वर्षदेखि नेपाल तथा भारतका बैंकिङ क्षेत्रमा कार्यरत छन् ।