चितवन । चितवनमा ग्यांँस बुलेट गाडीमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ७० केजी (११ पोका) गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । 

आज दिउसो साँढे १ बजे राप्ती नगरपालिका वडा नम्बर १ लोथरमा खैरहनीबाट पूर्वतर्फ जाँदै गरेको ःज्द्धडब्थ्द्धठण्ढ     नम्बरको भारतीय ग्यांँस बुलेट गाडीमा  शङ्का लागेर चेक जाँच गर्दा उक्त परिमाणमा गाँजा बरामद भएको हो । 

गांँजासंँगै  भारत झारखण्ड निवासी बुलेट चालक मनोज कुमार पासवान र मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ७ का राजु वाइबा समेत पक्राउ परेको चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुलेटको सिटमुनि र टुलबक्स मुनि लुकाइरहेको अवस्थामा गाँजा नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *