बामदेव गौतम : लाइभ गरेर कांग्रेसले कम्युनिस्टहरुलाई चुनौती दियो

काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गरेको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले कांग्रेसलेजस्तै केन्द्रीय समिति बैठक लाइभ गर्न कम्युनिस्ट पार्टीहरुलाई चुनौती दिए । ‘नेपाली कांग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको छ । यो कम्युनिस्टहरुलाई चुनौती हो, कम्युनिस्टहरु हो त्यो बाटोमा हिँड, सक्छौ कि सक्दैनौं रु’ गौतमले प्रश्न गरे ।

उनले अगाडि भने, ‘भ्रष्टाचार गर्नका निम्ति, व्यभिचार गर्नका निम्ति र दूराचार गर्नका निम्तिबाहेक गषेप्य रुपमा निर्णय गर्नुर्ने कुनै विषय छैन ।’

२ साउनमा सुरु भएको केन्द्रीय समिति बैठक नेपाली कांग्रेसले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गर्दै आएको छ । कांग्रेसले केन्द्रीय समिति बैठक खुला गरेर राम्रो काम गरेको भन्दै उनले बधाई दिए । ‘नेपाली कांग्रेसलाई मेरो बधाई छ, त्यही बाटोमा कम्युनिस्टहरु पनि हिँड्नुपर्छ’ नेता गौतमले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसकेपछि अब यही बाटोबाट समृद्धि प्राप्त हुने भन्दै उनले भने, ‘चाहे चीनको समृद्धि, चाहे अमेरिकाको समृद्धि, चाहे युरोपको समृद्धि यही बाटोबाट प्राप्त गर्न सक्छौं ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *