बैंकहरूको नाफा ६७ अर्ब २३ करोड

काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ११ महिनामा ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार जेठ महिनामै बैंकहरूले १० अर्ब रुपैयाँ नाफा बढाएको हो ।

गत आर्थिक वर्ष वैशाखसम्म बैंकहरूले ५७ अर्ब १६ करोड रुपैयाँ कमाएका थिए । बैंकहरुको नाफा अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा भने १.७५ प्रतिशत मात्र बढी हो। आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा बैंकहरुले ६६ अर्ब रुपैयाँ खुद नाफा गरेका थिए ।

गत आर्थिक वर्ष जेठसम्म नबिल बैंक एक्लैको नाफा ७ अर्ब ११ करोड रुपैयाँ छ। बढी नाफाका आधारमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ । उसले साढे ६ अर्ब रुपैयाँ खुद नाफा गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड, एनआईसी एसिया बैंकले ४ अर्ब ६३ करोड र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका छन् । बाँकी सबैको नाफा ४ अर्बभन्दा कम रहेको छ ।

सबैभन्दा कम नाफा कृषि विकास बैंकको छ । उसले १ अर्ब ५६ करोड रुपैयाँ मात्र कमाएको छ । पुछारबाट दोस्रोमा सनराइज बैंक छ । उसले १ अर्ब ५९ करोड नाफा गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *