मान्छेको प्रथम प्रवृत्ति हो बाँच्न खोज्नु : केपी बा युट्युब

काठमाडौं । हरेकपटक मृत्युलाई छक्याएर, मृत्युबाट जोगिएर, मृत्युका कारणहरूबाट जोगिएर मान्छे बाँचेको छ । एकैछिनमा मान्छे मर्न सक्छ । बाँच्नलाई सावधान हुनुपर्छ । होसियार हुनुपर्छ । प्रयास गर्नुपर्छ । मर्नका लागि असावधान भइदिए पुग्छ । बाँच्नु नै सफलता हो ।

यत्रो कोभिड लाग्नु तैपनि बाँच्नु, थुप्रो मान्छे बिते । जो बाँचेका छन्, ती कोभिडबाट जोगिए सफल भए नि । बाँच्न सफन हुनु हो । डेंगुको लहर गयो, त्यसबाट पनि बाँच्न सफल भए । जो बाँचेका छन् ।

बाँच्नु सफलता होइन र ? यो त एउटा साधारण कुरा भयो । मान्छेले प्रायः जिउन खोज्छ, बाँच्न खोज्छ । मान्छे मात्रै होइन, हरेक जीव । मान्छेको प्रथम प्रवृत्ति हो बाँच्न खोज्नु ।
(केपी बा युट्युबबाट)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *