विमानस्थलमा तस्करीको थप सय केजी सुन रहेको आशंका

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को थप सय केजी सुन भेटिएको आशंका गरिएको छ।

राजस्व अनुसन्धान विभागका अनुसार बिहीबार दिउँसो अर्को सय केजी सुन भेटिएको बखर आएपछि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना एयरपोर्ट भन्सार कार्यालय पुगेका छन् । विमानस्थलमा तस्करीको थप सुन रहेको आशंकामा जाँच हुँदै छ ।

मंगलबार विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन बरामद भएको थियो । मोटरसाइकल÷स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद भएको थियो ।

बरामद भएको उक्त सुन परीक्षणका लागि टक्सार विभाग लगिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *