सुन तस्करी प्रकरण : चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दियो । उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

त्यो सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *