आकस्मिक रूपमा विमानस्थलमा पुगेका श्रेष्ठ भन्छन् सुन काण्डको सबै नेक्सस केलाउँछौं,
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने बताएका छन् ।
आज विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेका श्रेष्ठले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै यो काण्डको सम्पूर्ण नेक्सस केलाउने बताए । ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’ उनले भने । यसबारे अहिले छानबिन भइरहेको भन्दै उनले राज्यका अरु निकायहरुले पनि त्यसमा सघाउने विश्वास व्यक्त गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका उनि र प्रहरी महानिरीक्षक वसन्त कुँवर आकस्मिक रूपमा विमानस्थलमा पुगेका थिए ।