जीवन विज्ञान देवडोल शाखामा बेखाबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन
भक्तपुर । जीवन विज्ञान देवडोल शाखाको दोस्रो अधिबेशन तथा तेस्रो साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभामा उपस्थित सदस्यहरुबाट बेखा वहादुर श्रेष्ठको अध्यक्षतामा १३ जनाको कार्य समिति गठन गरीएको छ। नयाँ नेतृत्व चयन हुनु भएका पधाधिकारीहरु अध्यक्ष बेखा वहादुर श्रेष्ठ, उपाध्यक्ष ईन्द्रा दवाडि सचिव गणेश गौतम सह सचिव विश्वनाथ ढुङगेल कोषाध्यक्ष बलराम खडका,सदस्यहरुमा उद्धव प्रसाद घिमिरे,बिदुर हुमागाँई ,रुपा सेडाई,गंगाराम श्रेष्ठ,पुष्पराज चौलागाई, गिरवाण खत्री, निरु रीमाल ,सुमित्रा रिजाल रहको छन्।
उक्त कार्यक्रममा वरिष्ठ प्रशिक्षक रगिता वस्नेत र भक्तिमाया श्रेष्ठको उपस्थितिमा यस संरक्षण समितिका पदाधिकारीहरुलाई गोपनियता एवं सपथ ग्रहणको कार्यक्रम गरीएको थियो। वरिष्ठ प्रहिक्षक रगिता वस्नेतले कार्यक्रमलाई सम्वोधन गर्दै नव नियुक्त पदाधिकारीहरुलाई वधाई एवं सफलताको शुभकामना दिदै अब यस जीवन विज्ञानमा भोलि देखि नियमित रुपमा यहाँ सवैको सहभागि भै आफनो स्वास्थ्यको ख्याललाई सहज बनाउनु पर्छ । हामिले आफनो जीवन निस्वार्थ भावनामा डुलाउनु पर्छ । जिवननै रहेन भने हाम्रा लागि जति धन सम्पति दौलत जे जस्तो होस तर त्यसको कुनै अर्थ हुदैन । मानव चोला भनेको चेतनशिल प्राणि हो । हामी दुख कष्ट गर्न पछि हट्छौ । त्यसरी हामिले पछाडि हटनु हुदैन । आफनो स्वास्थ्यकालागी आफैले विचार गर्नु पर्छ भनी उहाँले सधैका लागि हजुरहरु सवैजना आएर सक्दो योगा व्यायाम गर्नु नितान्त जरुर छ भन्नु भयो । त्यसैगरी हामिले अवका दिनमा यस जीवन विज्ञान देवडोल शाखालाई सहज तवरले अगाडि बढाउन तपाईं हामी सवैको भावना एउटै हुनु पर्छ । तर हामी निरोगि बन्नका लागि योगा ध्यान गर्नु जरुर छ भनी प्रशिक्षक भक्तिमाया श्रेष्ठले बताउनु भयो । सो कार्यक्रममा ४९ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।