बसभित्र वृद्धामाथि सामूहिक बलात्कार


काठमाडौं । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार भएको खुलेको छ । बलात्कारको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । दाङ तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।

आरोपित दुई जनाले सहयोग गर्ने वहानामा तुलसीपुर – ५ स्थित बसपार्क भित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर बलात्कार गरेको आरोप छ । महिलाको चित्कार सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *