सचिव कृष्णबहादुर राउतलाई छाड्न सर्वोच्चको परमादेश

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई रिहा गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नलकुल सुवेदीको संयुक्त इजलासले सरकारका नाममा सो आदेश जारी गरेको हो । सर्वोच्चले बालुवाटारको जग्गा प्रकरणमा अनुसन्धान चाँडो सक्न पनि भनेको छ ।

ललिता निवस प्रकरणमा पक्राउ परेका अन्य चारजना बन्दीको रिट अदालतले खारेज गरेको छ । सुधीरकुमार शाह, टीकाराम घिमिरे, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सबैको रिट खारेज गरेको छ । अब उनीहरू थुनामै बसेर मुद्दा लड्नुपर्ने भएको छ ।अदालतले राउतलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएकाे छ ।

राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न अदालतले परमादेश गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *