नबिल बैंकले ५ वर्ष पुरानो लाभांश लिन आग्रह


काठमाडौं । नबिल बैंकले पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले (साविक युनाइटेड फाइनान्स र नेपाल बङ्गलादेश बैंक समेत)को ५ वर्षभन्दा पहिले सम्पन्न वार्षिक साधारणसभाबाट पारित लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७३÷७४ सम्मको नगद लाभांश केही सेयरधनीहरुले भुक्तानी लिन बाँकी रहेकाले लैजान आग्रह गरेको हो ।

सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन बाँकी रहेको लाभांश रकम लैजान भनेको हो । बैंकले एक महिनाभित्र बाँकी रहेको लाभांश लिनका लागि सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ । यदि उक्त समयमा लाभांश नलिएमा ५ वर्ष पुरा भई भुक्तानी हुन बाँकी रहेको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *