नेता गच्छदार : नीति अधिवेशन असोजमा गरौँ

काठमाडौँ । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आगामी असोजमा पार्टीको नीति अधिवेशन गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता गच्छदारले समयमै नीति अधिवेशन गर्नुपर्ने बताएका हुन् । उनले आगामी असोजमा नीति अधिवेशन गर्न प्रस्ताव गरे । उनले नीति अधिवेशनमा पार्टीको आगामी दिशाको बारेमा माथिबाट नै बहस हुनुपर्ने बताए ।

नेता गच्छदारले देशको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पार्टीको छुट्टै बैठक गर्नुपर्ने माग गरे । उनले देशको राजनीति बिग्रिरहेको भन्दै यस्तो अवस्थामा कांग्रेसले कसरी अगाडी बढ्ने भन्नेमा छलफल हुनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *