आईएमई लाइफद्वारा कार्यालयका प्रमुखका लागि तालिम


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना नेपालभरका क्षेत्रिय,शाखा,उप शाखा कार्यालयका प्रमुखहरुका लागि सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ । तालिम साउन ६ गते भैरहवास्थित होटल सिद्धार्थ भिलासामा दिईएको थियो । कम्पनीका करिब १ सय ३० जना कर्मचारीहरुलाई नेपाल बीमा प्राधिकरणका उप—निर्देशक हृदयश्वर पण्डितले तालिम प्रदान गरेका थिए ।

उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्य, आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाङ्कनको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा तालिमको मुख्य आकर्षण रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य सहित केन्द्रिय कार्यालयका सम्पुर्ण बिभागिय प्रमुखको समेत उक्त तालिममा सहभागी थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *