काठमाडौंमै १३औं दिनको पितृप्रसाद खाने डेढ सयभन्दा बढी अस्पताल भर्ना, गृहमन्त्री श्रेष्ठ र बाबुराम जोगिए

काठमाडौं । काठमाडौंमा १३औं दिनको पितृप्रसाद खाने डेढ सयभन्दा बढी अस्पताल भर्ना भएका छन् । आइतबार स्थानीय आचार्यश्री ओशो अखण्डका पिताको १३ दिने पुण्यतिथिमा प्रसाद खाने अधिकांश थला परेका हुन् । झण्डै डेढ सयजना राजधानीका विभिन्न अस्पतालमा भर्ना भएको प्रहरीले जनाएको छ ।

राजधानीको रानीवन छेउ आयोजित उक्त कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पनि सहभागी थिए । तर फलफूल मात्रै खाएकाले उनीहरू भने बिरामी पर्नबाट जोगिएको भोजमा सहभागीहरुले बताएका छन् ।
नागार्जुन नगरपालिकाको रानीवनस्थित सनराइज हाइटमा भोज खाएकाहरु अधिकांश साँझदेखि ज्वरो र झाडापखालाका कारण अस्पताल गएका हुन् ।

उक्त कार्यक्रममा भोजन व्यवस्थापन स्थानीय राधाकृष्ण टेण्ट एण्ड क्याटरिङले गरेको थियो । क्याटरिङका सञ्चालकले आफूहरूलाई केही थाहा नभएको बताएका छन् । क्याटरिङमा काम गर्ने दुई मजदुर पनि बिरामी भएको बताइन्छ । बिग्रेको तरकारी पकाएकाले फुड प्वाइजन भएको हुन सक्ने अनुमान गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *