सुर्यविनायक नगरपालिका वडा नं ३ मा बालमैत्री अधिकार कार्यक्रम सम्पन्न


भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं ३ बालकोटमा वडाअध्यक्ष, अध्यक्ष रहने गरि बालमैत्री अधिकार समिति गठन गरीयो । वडा प्रतिनिधिहरु र वडा सचिव सदस्य रहने गरि १५ सदस्यिय समिति चयन गरीयो । जसमा वडा अध्यक्षले २ जना मनोनित गर्नु भयो भने २ जना बाल सदस्य १ जना छात्र र १ जना छात्रा विध्यालयस्तरबाट पछि मनोनयन गरीनेछ ।

कार्यक्रमका कार्यवाहक वडा अध्यक्ष घनश्याम भट्टराईको सभपतित्वमा राष्टिय गान बजाई कार्यक्रम सञ्चालन गरीएको थियो ।

उक्त कार्यक्रममा वडा सदस्य जनक भण्डारी ,वडा सदस्य हेमा दाहाल ,हाम्रा सम्बाददाता एवं जेष्ठ नागरीक समन्वय समिति ३ नं वडा बालकोटका संयोजक बिश्वनाथ ढुङगेल र सिकाई केन्द्रका अध्यक्ष सानुकाजी के सीको उपस्थित रहेको थियो। आजको कार्यक्रममा सहभागी सबैको तर्फबाट वडा अध्यक्ष दिपेन्द्र केसिको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । सुर्यविनायक नगरपालिका ३ नं वडा बालकोटलाई अब बालमैत्री घोषणा गर्नु पर्छ र बाल अधिकारकालागि आजदेखि तपाईहरुले आफ्नो घर घरबाट सुरु गर्नु पर्छ भन्नु भयो । राष्टिय स्तरीय प्रशिक्षक विष्णुप्रसाद चौबेले ४५ जनालाई बालमैत्री अधिकारका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

उक्त बालमैत्री कार्यक्रममा नगरपालिकबाटआउनु भएकि शर्मिला दाहालले प्रशिक्षक विष्णु प्रसाद चौबेलाई प्राविधिक सहयोग गर्नु भएको थियो ा ३ नं वडा कार्यालय सचिव शेषराज दाहालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । यसरी दिनभरी बसेर आफना अमुल्य समय छोडेर सवैजना बस्नु भयो सवैलाई खुसि व्यक्त गर्दछु। नयाँ नेतृत्व चयन हुनु भएका सवैलाई सकृय भएर बाल अधिकारका निमित्त अग्रसरता देखाउनु पर्छ र यस वडाले खेल्नु पर्ने भुमिका निर्वाह पक्कै गर्नेछ र हर क्षेत्रमा यहांहरुको सहभागित भै बाल अधिकाका कार्यहरु सम्पन्नता गर्नु पर्छ भन्नुभयो । अवको दुई वर्ष सम्ममा यस सुर्यविनायक नगरपालिका वडा नं ३ बालकोटलाई बालमैत्री बनाउने छौ भनी कार्यक्रम सम्पन्न गरीएको थियो । कार्यक्रम का बा अध्यक्ष,सदस्य,राजनीतिक दलका प्रतिनिधि, प्रहरी प्रमुख,स्वास्थ्य प्रमुख,वडा सचीव,सबै बिधालयका प्र अ,बि ब्य समिति अध्यक्ष,स्वास्थ्यस्वयंसेबिका,महिला सन्जाल,युवा क्लब,टोल बिकास सस्थाका सन्योजक,सहकारीका अध्यक्ष ,विद्यार्थी,जेष्ठ नागरिक,अपांगता,वडाका समाज्सेबि तथा बुद्धिजीवीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *