एकलौटी निर्णयको भारी बोक्दिनँ ः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि निरन्तर प्रयास गरिरहने बताएका छन् । यही कारण आफूलाई बाइपास गरे त्यस्ता निर्णयहरुको भारी नबोक्ने समेत प्रष्ट पारेका छन् । जारी केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको सोमबार जवाफ दिएका महामन्त्री थापाले नेतृत्व परिवर्तन असहज बनाएकै कारण नेपालका दलहरु संकटमा परेको बताए । अन्यत्र जस्तो चुनाव हार्दा छाडेर जाने जस्ता बहिर्गमन (एक्जिट) को व्यवस्था यहाँका दलहरुमा नभएकै कारण देशको शासन सत्ता वर्षौंदेखि ४ ५ जनाको म्युजिकल चेयर जस्तो भएको बताए । त्यही कारण आफूले संसदीय दलको नेता परिवर्तनको प्रयास गरेको भन्दै थापाले भने, ‘सकिन, मैले मानें । मान्नैपर्छ । यसको अर्थ फेरि प्रयास गर्नै मिल्दैन भन्ने नभएको र आफूलाई दलको नेता परिवर्तन गर्न आवश्यक छ भन्ने लागेको बताए । महामन्त्री थापा देउवालाई चुनावी सरकारको नेतृत्व गर्न दिएर २०८४ को चुनाव लड्न नसक्ने निष्कर्षमा पुगेका छन् । तर सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको भागबण्डाअनुसार प्रचण्ड २ वर्ष प्रधानमन्त्री हुनेछन् । त्यसपछि डेढ वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् भने अन्तिम डेढ वर्ष देउवा प्रधानमन्त्री हुनेछन् ।
कांग्रेसको विधानअनुसार १५औं महाधिवेशन २०८२ मै हुनुपर्ने थापाले अडान लिए । दुई पटक सभापति भइसकेका कारण देउवा १५ औं महाधिवेशनमा फेरि उम्मेदवार नै हुन पाउने छैनन् । त्यसैले समयमै महाधिवेशन हुने हो भने कांग्रेसले नयाँ नेतृत्व पाउँछ । तर २०८३ मा प्रधानमन्त्री हुने पालो पर्खिरहेका सभापति देउवाले समयमै महाधिवेशन गर्नेमा आशंका छ । छैटौं पटक प्रधानमन्त्री भएर रेकर्ड राख्ने चाहना बोकेका देउवाले एक वर्ष (६,६ महिना गरेर) कार्यकाल थप्न पाउने विधानकै व्यवस्थालाई टेकेर महाधिवेशन धकेल्न सक्ने नेताहरुको आशंका छ । समयमा महाधिवेशन गराउन पनि देउवालाई दलको नेताबाट परिवर्तन गर्नुपर्ने संस्थापन इतर समूहका नेताहरुको निष्कर्ष छ । ७ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा देउवा ६४ मतका साथ निर्वाचित हुँदा गगनले २५ मत पाएका थिए । त्यो अंकगणितमा ठूलो हेरफेर नभएका कारण संसदीय दलको नेता परिवर्तन सहज नभएको थापा स्वीकार गर्छन् ।
फलको आश नगरी कर्म गर्ने भन्दै उनले भने, ‘मलाई थाहा छ, संसदहरुको मत पाउन गाह्रो छ । तर गाह्रो काम भनेर छोड्न हुन्छ त ? हुँदैन । सभापति देउवा स्वयं नेता फेर्दै आएकाले आफूले गरेको कोसिसलाई सहज रुपमा लिएको भन्दै उनले वरिपरि भएका नेताहरुलाई धेरै चिन्ता नगर्न आग्रह गरे । सुशील कोइराला सभापति भएका बेला वरिष्ठ नेता रहेका देउवाले खेलेको भूमिका स्मरण गराउँदै महामन्त्री थापाले भने, ‘अनि साथीहरु धेरै किन आत्तिनुभएको ? मैले पार्टी फुटाउने कुरा गरेको हो र रु मैले त दलको नेता फेर्ने कुरा गरेको हो । नेतृत्व परिवर्तनबारे धेरै बोलिरहनु पर्दैन भनेर नेताहरुले दिएको सुझावलाई मान्ने भन्दै थापाले अगाडि भने, ‘अब आज त लाइभ भइहाल्यो । सबैले थाहा पाइहाल्नुभयो, कसैले प्रश्न नसोध्नुहोला । म बदल्न लागिराख्छु, सक्ने भए बदल्छु, नसक्ने भए मान्छु, मानेकै छु । पार्टी सभापति स्वयंले एकाध महिनापछि ‘ल यार, ५ पटक भइसकें, छैटौं पटक किन हुने ? ल को हुने अगाडि आऊ भनिदिनुहुन्छ कि ?’ भन्ने ठट्टा समेत गरे । दलको नेता परिर्वतन गर्न लागेकै कारण आफूलाई निर्णय प्रक्रियाहरुमा सहभागी नगराए त्यस्ता निर्णयको भारी नबोक्ने सन्देश समेत महामन्त्री सभापति देउवालाई दिएका छन् । २०७८ मंसिरमा भएको १४औं महाधिवेशनबाट सभापति र महामन्त्री चुनिएका देउवा–थापाबीच सुरुमा राम्रै सहकार्य भएको थियो । पार्टीमा मात्र होइन, सत्ता गठबन्धनको सत्ता गठबन्धनको बैठकहरुमा थापालाई सहभागी गराएका थिए ।जब संसदीय दलको नेतामा आफैंसँग प्रतिस्पर्धा गरे, देउवाले थापालाई स्पेस दिन छाडे । बरु सभापतिमा चुनाव लडेका डा। शेखर कोइरालालाई स्पेस दिन थाले । केन्द्रदेखि प्रदेशसम्म मन्त्री नियुक्तिमा समेत भाग दिए । जबकि १४औं महाधिवेशन भएको लामो समयसम्म उनले भेट समेत दिएका थिएनन् । त्यो बेला डा। शेखरलाई गरेको व्यवहार सभापति देउवाले अहिले महामन्त्री थापासँग गर्न थालेका छन् । सोमबार केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले आफूलाई नेविसंघको महामन्त्री नठान्न चेतावनी दिएका छन् । बैठकमा बाहिर बोल्दै हिँडेको भनेर आफ्नो आलोचना भएको भन्दै उनले भने, ‘मेरो ठाउँमा बसेर एक पटक सोचिदिनुस् त । म नेपाली कांग्रेसको महामन्त्री । एकाबिहानै यसो फोनमा समाचार हेर्छु । फलानो–फलानो मन्त्री भएको, प्रदेशको सरकारबारे यो निर्णय भयो भनेर आउँछ । अनि मलाई पत्रकारले सोध्छन्, मैले पत्रिकामा थाहा पाएपछि उत्तर केमा दिन्छु रु पत्रिकामै दिन्छु । आफू गठबन्धनको बैठक तथा छलफहरुमा पनि सहभागी नभएको र बहुसंख्यक कुराहरु पत्रपत्रिका पढेर थाहा पाएको महामन्त्री थापाले बताए । उनले अगाडि भने, ‘कहिले थाहा पाउँछु फलानालाई कैद माफी गर्ने निर्णय भयो ।
कसले गर्यो रु गठबन्धनले गर्यो । मैले पत्रिकामै थाहा पाएँ । प्रतिनिधिसभामा विचाराधीन केही नेपाल ऐन संशोधन विधेयकमा राजनीतिक सहमतिका आधारमा मुद्दा फिर्ता लिने विषयमा आफूहरुसँग कुरा परामर्श नभएको भन्दै उनले पक्षमा उभिन नसक्ने प्रष्ट पारेका छन् । हिजो प्रतिपक्षमा बस्दै गर्दा यसकारण गलत हो भनेर बोल्दै आएको भन्दै उनले भने, ‘म कुनै पनि प्रक्रियामा सम्मिलित छैन । अनि भोलि संसदमा यसको पक्षमा बोल्छु ? बोल्दिनँ । कांग्रेस महामन्त्री थापाले केन्द्रीय कार्यसमितिमा भने, ‘के म नेपाल विद्यार्थी संघको महामन्त्री हो ? नेपाली कांग्रेसको महामन्त्री हो नि, तपाईंहरुले जिम्मा दिएर पठाउनुभएको । कांग्रेसको हित वा अहितका सन्दर्भमा हुने छलफलहरुको निष्कर्ष पत्रपत्रिकामा आइसकेपछि त्यसको भारी मात्र बोकिदिनुपर्ने हो र ? छलफलमा भाग लिंदै गर्दा सधैं मैले भनेको जस्तो हुन्न, कहिलेकाहीं अप्ठ्याराहरु हुन्छन् भन्ने आफूले पनि बुझेको भन्दै उनले कहिले मेरो मत बुझाउने कोसिस गर्ने र कहिलेकाहीं चित्त नबुझेपछि निर्णयको बचाउ गर्ने बताए । त्यसका लागि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने भन्दै उनले भने, ‘त्यो प्रोसेसमा सहभागी हुने कुरामा खुला र उदार हुँदै जाउँ, थुप्रै कुराहरु सकिंदै जान्छ ।