प्रधानमन्त्री दाहाल : जलवायु संकट र द्वन्द्वले खाद्य समस्या बढायो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइ दृढतापूर्वक लड्नुपर्ने बताएका छन्।

मंगलबार इटलीको रोमका खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजित छलफललाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु संकट र द्वन्द्वले खाद्य समस्यालाई अझ बढाएको भन्दै भोक र खाद्यान्न असुरक्षा विरुद्धको लडाइ दृढतापूर्वक लड्नुपर्ने बताए।

दिगो भविष्यको लागि मार्ग प्रदान गर्न आधुनिक खाद्य प्रणालीहरु कमजोर रहेकाले खाद्य प्रणालीको रुपान्तरणको चुनौतीहरुलाई सम्बोधन गर्न सक्षम हुनुपर्नेमा उनले जोड दिए। प्रधानमन्त्री दाहालले सुरक्षित, स्वस्थ र पौष्टिक आहारका लागि दिगो खाद्य श्रृंखला विकास गर्न नेपाल प्रतिबद्ध रहेको बताए। कृषि उत्पादकत्व सुधार गर्न, स्थानीय खेतीलाई समर्थन गर्न र फोहोर कम गर्नका लागि राम्रो भण्डारण प्रणालीमा लगानी गर्न पनि केन्द्रित रहेको उनको भनाइ छ। प्रधानमन्त्री दाहालले स्थानीय स्वदेशी खाद्य प्रणालीलाई पुनरुत्थान गर्नु समेत प्राथमिकतामा रहेको जानकारी गरे।

त्यस्तै उनले पर्याप्त भण्डारणको अभाव,यान्त्रिकीकरणको न्यून स्तर,उच्च उत्पादन लागत, कमजोर बजार सम्बन्ध र असमान वितरण प्रणाली जस्ता थप चुनौतीहरूको पनि सामना गरिरहेकाले खाद्य प्रणालीलाई रुपान्तरण गर्न गर्ने सामूहिक प्रयासमा एकवद्धता जनाउन आग्रह गरे।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *