६९ जिल्लामा डेंगु , ४ हजार २८९ जनामा संक्रमण पुष्टि

काठमाडौं । देशका ६९ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ६९ जिल्लाका ४ हजार २८९ जनामा डेंगु पुष्टि भएको विवरण जारी गरेको छ ।

हालसम्म सुनसरीमा मात्रै तीन जना डेंगु संक्रमितले ज्यान गुमाएको महाशाखाले जनाएको छ । डेंगु पुष्टि हुनेमा कोशी प्रदेशमा सबैभन्दा बढी छन्। कोशीमा २ हजार ७५४ जनामा डेंगु पुष्टि भएको छ ।

त्यस्तै बागमतीमा ६६७, लुम्बिनीमा १६६, गण्डकीमा ३४४, सुदूरपश्चिममा ३१६, कर्णालीमा २० र मधेस प्रदेशमा २२ जनामा डेंगु पुष्टि भएको महाशाखाको विवरणमा उल्लेख छ।

८८ प्रतिशत डेंगु संक्रमित १० जिल्लाका छन् । ती जिल्लामा ३ हजार ६७१ जनामा डेंगु पुष्टि भएको छ। महाशाखाका अनुसार सुनसरीमा २ हजार ५४२, धादिङमा ४०१, दार्चुलामा १९०, कास्कीमा २०५, संखुुवासभामा ६४, काठमाडौंमा ८०, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५, म्याग्दीमा ५४ र मोरङका ३८ जनामा डेंगु पुष्टि भएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *