एक सय किलो सुन तस्करी प्रकरणबारे रास्वपाद्वारा संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भएको एक सय क्विन्टल सुन तस्करी प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ।

रास्वपाका सांसदहरूले छलफलका लागि भन्दै संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको संकल्प प्रस्ताव दर्ता गराएका हुन्। ठूलो मात्रामा सुन पत्ता नलागी भन्सार जाँचपास भएको विषयमा विस्तृत अनुसन्धान गर्न, यस्ता संगठित अपराध नियमन गर्न सरकारले लिएको पहलकदमीलगायतका विषयमा छलफल गर्नका लागि रास्वपाले उक्त प्रस्ताव दर्ता गराएको हो।

रास्वपाका निशा डाँगी, सोविता गौतम, तोसिमा कार्की, विनिता कठायत, सुमना श्रेष्ठलगायत १४ सांसद प्रस्तावक रहेको संकल्प प्रस्तावमा यति ठूलो मात्रामा सुन पत्ता नलागी कसरी भन्सार जाँचपास गरियो भन्दै सरकारले जवाफ दिनुपर्ने माग गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *