खर्च विवरण बुझाउँदा पनि रवीन्द्र मिश्रलाई कारबाही ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफुले समयमै निर्वाचन खर्च विवरण बुझाएपनि निर्वाचन आयोगमा कारबाहीको सूचीमा राखेको भन्दै आपत्ति जनाएका छन् ।

आयोगले सूचना निकालेर गत मंसिर ४ मा भएको निर्वाचनको खर्च विवराण सार्वजनिक नगरेको भन्दै मिश्रसहित २४ सय ३५ उम्मेदवारलाई जरिवाना तोकिएको जानकारी गराएपछि उनले आपत्ति जनाएका हुन् ।

मिश्रले विज्ञप्ति जारी गर्दै आफूले निर्वाचन आयोगमा बुझाएको निर्वाचन खर्च विवरणको प्रतिलिपिसमेत सार्वजनिक गरेका छन् । उनले यस्तो त्रुटि कसरी भयो भनी प्रश्न गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *