गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न आजपाको माग

काठमाडौं । आम जनता पार्टी (आजपा)ले गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउन माग राखेका छन् ।
रौतहटका सत्तारुढ राजनीतिक दलहरु गौर हत्याकाण्डका हत्यारालाई जोगाउनका एकजुट भन्दै दोषिलाई कारबाही गर्नुपर्ने आम जनता पाटीले माग राखेको हो ।

रौतहटका सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत र लोसपाले मंगलबार आजपाका अध्यक्ष प्रभु साहको नाम जोडेर संयुक्त रुपमा प्रदर्शन गरेपछि आजपाले उक्त पर्दशन समाज भट्काउने किसिमको भएको भन्दै आपत्ति जनाएको छ ।

आजपा प्रवक्ता चन्द्रभुषण साह विज्ञप्ति निकालेर सर्वोच्च अदालतसहित देशका तिनै तहको न्यायालयबाट न्याय निरुपण हुँदा कहीँ कतै प्रभु साहको नाम निशानसमेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहिन र झुठा आरोप लगाएर प्रदर्शन भएको बताएका छन् ।

‘यदि सत्तारुढ गठबन्धनले लगाएको आरोपमा थोरै पनि सत्यता छ भने यसलाई प्रमाणित गर्न आम जनता पार्टी खुल्ला चुनौती दिन चाहन्छ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ । , ‘‘गौर हत्याकाण्डका अपराधीहरुलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन मार्गप्रशस्त गरी सहयोग गर्न सम्बन्धित सबै पक्षहरुसँग आजपाले माग राखेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *